info@karnalischool.edu.np +977-91-5614111
info@karnalischool.edu.np +977-91-5614111

हाम्रो बारेमा

श्री कर्णाली माध्यमिक विद्यालय

श्री कर्णाली माध्यमिक विद्यालय

सुदूरपूर्वमा रहेको टीकापुर नगरपालिका वडा नं.–१ ब्लक नं. ११ मा अवस्थित श्री कर्णाली माध्यमिक विद्यालयको स्थापना वि. सं. २०४५ पौष ९ गतेका दिन श्री द्वारिका उपाध्यायज्यूको अगुवाईमा स्थानीय शिक्षाप्रेमी, समाजसेवी, अभिभावक तथा शिक्षकको संयुक्त प्रयासबाट भएको हो । बि.स.२०४५ चैत्र २९ गते जिल्ला शिक्षा कार्यालय कैलालीबाट प्राथमिक विद्यालय अनुमति र कक्षा—१ स्वीकृतिका साथै १ शिक्षक दरबन्दी प्राप्त ग¥यो । त्यस्तै २०४९ सालमा प्राथमिक तह, २०६२ सालमा निम्न माध्यमिक तह र वि.सं. २०६७ सालमा माध्यमिक तहको अनुमति प्राप्त ग¥यो । यसरी कक्षा १० सम्म साधारण धार तर्फ अध्यापन भईरहेको यस विद्यालयमा २०७३ साल देखि प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ कक्षा ९ को अनुमति प्राप्त गरि हाल कक्षा ९ – १२ प्राविधिक कक्षाहरु सञ्चालन भईरहेका छन् ।

त्यस्तै वि.सं. २०७५ सालमा सिटिईभिटिबाट अनुमति प्राप्त गरी १८ महिने तथा ३ वर्षे बालीविज्ञान बिषयको पठनपाठन भईरहेको छ । हाल यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ४० रहेको छ भने विद्यार्थीहरुको संख्या १६६६ छ । यस विद्यालयलाई भविष्यमा यस क्षेत्रकै पहिलो रोजाईको नमुना बहुप्राविधिक शिक्षालय बनाउने लक्ष्य विद्यालयको रहेको छ ।

उद्धेश्य

विद्यालयले प्राप्त गर्न खोजेको अधिकतम योजना र अन्त्यमा विद्यालयको गन्तव्य विन्दु पहिचान गर्ने उद्धेश्य निर्धारण गरिएको छ ।
1.औसत सिकाई उपलब्धी वृद्धि गर्ने
2. विद्यालय वातावरणलाई सुरक्षित, हरियालीका साथै बालमैत्री बनाउने
3. विद्यार्थी केन्द्रित सिकाई सहजीकरणको वातावरण सिर्जना गर्ने
4.  प्रविधीमैत्रि शैक्षणिक क्रियाकलाप सञ्चालन गर्ने
5.  शिक्षक, विद्यार्थी, अभिभावक सम्बन्ध सुदृढीकरणका लागि विद्यालयका सबै क्रियाकलापमा अभिभावकको सहभागिता बढाउने
6. विद्यालयमा सञ्चालन भएका प्राविधिक धारका कक्षाहरु सँगै अन्य थप विषयका प्राविधिक कक्षाहरु पनि सञ्चालन गर्ने
7. विद्यालयको आम्दानीको भरपर्दो स्रोत व्यवस्थापनका लागी ठोस योजना निर्माण गर्ने

विद्यालयको दुरदृष्टि

“ उपलब्ध स्रोत साधनको समुचित प्रयोग गरी देशका हरेक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा गर्नसक्ने अनुशासित एवम् सृजनशिल विद्यार्थी उत्पादन गर्नुका साथै विद्यालयलाई कैलाली जिल्लाको उत्कृष्ट, बहुप्राबिधिक, प्रविधियुक्त, बालमैत्री तथा रमणिय वातावरण सहितको हरित विद्यालय बनाई यस क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुको पहिलो रोजाईको नमुना विद्यालय बनाउने दुरदृष्टि निर्धारण गरिएको छ” ।

Our Mission

Nepal western Academy is bound by its commitment to develop and equip learners with the 5Cs, Competence, Character, Collaboration, Creativity and Commitment to Achieve, through relevant, innovative , challenging and effective curriculum and instruction, updated technological application and a strong empirical research orientation within an enriched learning and caring environment.

विद्यालयको भौगोलिक अवस्था

कैलाली जिल्लाको सुदूरपूर्वमा अवस्थित टीकापुर नगरपालिका वार्ड नं.–१ ब्लक नं. ११ मा अवस्थित यस विद्यालयको उत्तर–दक्षिण दुवै तर्फ ज्ञानी कुलो रहेको छ । दुई कुलाको विचमा रहेको यस विद्यालयको पूर्व तर्फ मुनुवा रोड देखी खक्रौला सडक जोड्ने पक्की बाटो र पश्चिम तर्फ टीकापुर नगरपालिका –.१ को बौद्ध गुम्बा देखि खक्रौला सडक जोड्ने १५० फिटे बाटो रहेको छ । यस विद्यालयको स्वमित्वमा करिब २ बिगाह जग्गा रहेको छ ।

विद्यालय रहेको समुदायको बनोट

टीकापुर नगरपालिका वडा नं.–१, ब्लक नं. ११ मा अवस्थित यस विद्यालयको सेवा क्षेत्र भित्र विभिन्न जनजाति, दलित, मुस्लीम, पिछडा वर्ग, कमैया, कम्लहरी, विपन्न वर्गका साथै बाहुन क्षेत्री जातिका मानिसहरुको बसोबास रहेको छ । यस विद्यालयमा अध्ययनरत वालवालिकाहरु सबै भन्दा बढी थारु समुदायका छन् । यसैगरी अन्य जातजातिका बालबालिकाहरु पनि अध्ययनरत छन् । विभिन्न जातजाति रहेको यस समुदायको आफ्नै प्रकारको सामाजिक रहन सहन, धार्मिक तथा साँस्कृतिक परम्परा छ । भाषिकरुपमा सबै जसो भाषाहरु बोल्ने तथा बुझ्ने अवस्था छ । आर्थिक तथा सामाजिक रुपमा यस क्षेत्रका मानिसहरुको अवस्था कमजोर प्रकृतिको छ । यस विद्यालयमा अध्ययनरत छात्र छात्रा तथा अध्यापन गर्ने शिक्षक शिक्षिकाहरुले सबै समुदायको प्रतिनिधित्व गर्दछन् ।

विद्यालय सेवा क्षेत्र

कैलाली जिल्ला टीकापुर नगरपालिका –१, ब्लक नं. ११ मा अवस्थित यस विद्यालयको सेवा क्षेत्र ठूलो रहेको छ । यस विद्यालयमा टीकापुर नगरपालिका –१, का प्राय सबै ब्लकहरु र मुख्य रुपमा मुक्त कमैया शिविरहरु, बिजयनगर शिविर, शक्तिनगर शिविर, शिवनगर, सुकुम्बासी शिविर, बाढीपीडित शिविरमा बस्ने अभिभावकका बालबालिकाहरु मुख्यरुपमा यस विद्यालयमा अध्ययन गर्न आए पनि केही विद्यार्थीहरु जोशीपुर र जानकी गाउँपालकिाबाट पनि आउने गर्दछन् ।